Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर उठाउने नगरपालिकाले फोहर किन उठाउँदैन ?

    कर उठाउने नगरपालिकाले फोहर किन उठाउँदैन ?

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    महोत्तरी। जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए ।

    उनले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखौँ रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरकोे आरोप लगाए



    तराई–मधेशकै सबभन्दा पुरानो सदरमुकाममध्येका एक रहेको जलेश्वर अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ । उनका अनुसार जलेश्वरकै विकासको नाममा वर्षेनी करोडौं रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुनसकेको छैन ।



    जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डङ्गुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए ।

    उनले जलेश्वरबासी २४ सैघण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।

    जिल्ला अदालत, कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वयलगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डङ्गुर छ ।

    विसं २०२९ मा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ ।

    बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल, प्लास्टिकलगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन् । नगरपालिकाले दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको वडा नं २ का वडाध्यक्ष वरुण दाहालले बताए।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार