Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले एमालेलाई फुटाई चिराचिरा बनाई दुनियाँ सामु रमिता देखाए : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षा गर्छु भन्नु मजाक भएको बताएका छन् ।

नेता पौडेलले आफ्नै पार्टी एमालेलाई फुटाएर चिराचिरा बनाउने अध्यक्ष.ओलीले सिङ्गो देशलाई एकताबद्ध गर्छु भन्नु मजाक रहेको उल्लेख गरेका छन् ।

लोकतन्त्र कसैको पेवा र दाइजो हैन भन्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले त्यसको आफूखुशी प्रयोग गरेको बताए ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै पौडेलले ओलीले एमालेलाई फुटाएर चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएको बताएका छन् । उनले आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, 'लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी प्रयोग गर्न सकोस् । पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले अझै स्थायीत्व र यो देशको लोकतन्त्र रक्षा गर्छु भन्नु भद्दा मजाक बाहेक केही होइन्र । आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ?'

https://twitter.com/paudelpradipNC/status/1372220405289684994

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077