Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तत : बालुवाटारतर्फ लागे खनाल-नेपाल पक्षका सांसदहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठकमा पार्टीभित्र असन्तुष्ट रहेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष सहभागी हुने भएको छ।

हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे दलको बैठक बोलाएका थिए । तर, खनाल-नेपाल पक्षले बुधबार पत्रकार सम्मेलन गरेर ओलीले डाकेको बैठकमा जान नसक्ने तर मिति परिवर्तन गरे सहभागी हुने जनाएका थिए।

त्यसो त आज बिहान खनाल-नेपाल पक्षले आफू निकटका सांसदहरूको छुट्टै भेला गरेको थियो । सो भेलापछि खनाल-नेपाल पक्षका सांसदहरु संसदीय दलको बैठकमा सहभागी जनाउन बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले बताए ।

बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटारतर्फ लागेको सो पक्षका एक सांसदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077