Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन जेल

    आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन जेल

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल तस्विर

    उदयपुर । जिल्ला अदालत उदयपुरले आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन जेल सजायको फैसला गरेको छ ।

    बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको एकल इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।



    यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको छ ।



    गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार