काठमाडौँ । केपी शर्मा ओली पक्षीय नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उक्त बैठकमा झलनाथ खनाल र माधव नेपाल पक्षीय सांसद भने सहभागी नहुने बताइएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद झन झन बढ्दै गएको छ । ओली तथा खनाल र नेपालले आ आफ्नो भेला अलग अलग राख्दै आएका छन् । भेलामा एक अर्कामाथि आरोप प्रत्यारोप लगाउन होडबाजी नै चल्ने गरेको छ ।
खनाल र नेपाल पक्षको पनि बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।
Leave a Reply