एजेन्सी । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा लिलेलाई ३–० गोलले पराजित गरेर पिएसजीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा माउरो आइकार्डीले एक तथा केलियन एमबाप्पेले दुई गोल गरे । आइकार्डीले नवौँ तथा एमबाप्पेले ४१ औँ मिनेटमा पाएको पेनाल्टी र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे ।
साबिक विजेता पिएसजीले यो सिजन फ्रेन्च कपको १४ औँ उपाधि जित्ने लक्ष्य लिएको छ ।
Leave a Reply