Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले बोलाएको भोलीको बैठकमा जाँदैनौं, मिति सारियो भने जान्छौं : योगेश भट्टराई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ ।

ललितपुरको सानेपामा आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन साँझ आयोजना गरिएको पत्रकार सम्मेलन नेता योगेश भट्टराईले भने, 'ओलीले बोलाएको भोलीको बैठकमा जाँदैनौं, मिति सारियो भने जान्छौं।'

पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले भने ‘संसदीय दलको नेता समेत रहनुभएका प्रधानमन्त्री ज्यूले भोलि बिहान ११ बजे संसदीय दलको बैठक बोलाउनुभएको भन्ने मेसेज पाएका छौं। प्रधानमन्त्रीजीलाई हामीले आयोजना गरेको राष्ट्रिय भेलाका बारेमा थाहा भएर पनि संसदीय दलको बैठक बोलाउनुभएको छ।'

‘भेलाको कार्य व्यस्तताका कारण भेलामा हामी बैठकमा उपस्थित हुन सक्दैनौं । बैठकको मिति सारियो भने अवश्य जानेछौं', उनले भने।

फरक प्रसंगमा नेता भट्टराईले पार्टी विभाजनको प्रयास भएपनि आफूहरु विभाजन हुन नदिने जिकिर गरे । ‘पार्टी विभाजन हुन दिने छनौं। कसै कसैले पार्टी विभाजन गर्न खोजेको भएपनि हामीहरु त्यसो हुन दिन्नौं। र त्यसैका लागि भेला बोलाइएको हो,’ उनले भने।

नेपाल पक्षले आयोजना गरेको भेला दुई दिनसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077