काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) का उपाध्यक्ष सुनील केसी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।
एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले आज एक कार्यक्रमकाबीच केसीलाई सल्लाहकारमा नियुक्त(मनोनित) गरेका हुन् ।
एशियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) का संस्थापक प्रमुख समेत रहेका केसी नेपाल तथा अन्तर्राष्ट्रिय कुटनीतिको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका विज्ञ व्यक्ति हुन् ।
नेपालमा सम्पन्न ‘लगानी सम्मेलन’ तथा नेपाल उद्योग परिसंघको ‘पूर्वाधार सम्मेलन’ आयोजनामा पनि केसीको संलग्नता रहेको थियो ।
केसीको नियुक्तिले नेपालमा बैदेशिक लगानी प्रवर्द्धनका साथै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने नेपाल भारत उद्योग वाणिज्य संघले विश्वास लिएको छ ।
Leave a Reply