Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

योगेश भट्टराईद्वारा ओली पक्षलाई 'छुलिया ग्यांङ'को संज्ञा !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधव नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षलाई ‘छुलिया ग्यांङ'को संज्ञा दिएका छन् ।

पार्टीमा ओली पक्ष र नेपाल पक्षबीच आन्तरिक द्वन्द चलिरहेको बेला नेता भट्टराईले यस्तो भनेका हुन् । उनले छुलिया ग्यांङको कुरा नसुन्न समेत आग्रह गर्दै कार्यक्रम निर्धारित समय र तोकेकै स्थानमा हुने उल्लेख गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’

आज र भोलि नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध ललितपुरमा राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077