Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • इंग्ल्यान्डद्वारा भारत ८ विकेटले पराजित

    इंग्ल्यान्डद्वारा भारत ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 1.7K
    SHARES

    AHMEDABAD, INDIA - MARCH 16: Jonny Bairstow and Jos Buttler of England walk off after victory watched on by Virat Kohli of India in the 3rd T20 International between India and England at Narendra Modi Stadium on March 16, 2021 in Ahmedabad, India. England's remaining three Twenty20 internationals against India will be played behind closed doors to help curb the spread of the Covid-19 in the state of Gujarat. (Photo by Surjeet Yadav/Getty Images)

    एजेन्सी । विकेटकिपर ब्याट्सम्यान जोस बटलरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले घरेलु टिम भारतलाई तेस्रो टी २० खेलमा ८ विकेटले पराजित गरेको छ। जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले दुई एकको अग्रता लिएको छ।

    मंगलबार राति भएको खेलमा भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १० बल बाँकी छँदै पूरा गर्‍यो।



    इंग्ल्यान्डका लागि बटलरले अविजित ८३ रन बनाए । उनले ५२ बलमा ५ चौका र ४ छक्का हिर्काए। डविड मालनले १८ र जोनी वायस्टोले अविजित ४० रन बनाए । बलिङतर्फ भारतका युजभेन्द्र चाहल र वासिङटन सुन्दरले एक एक विकेट लिए।



    यससअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन जोड्यो । भारतका लागि कप्तान विराट कोहलीले अविजित ७७ रन जोडे । उनले ४६ बलमा ८ चौका र ४ छक्का हिर्काए।

    यस्तै रोहित शर्माले १५, रिशव पन्तले २५, श्रेयस अयरले ९ तथा हार्दिक पाण्ड्याले १७ रन बनाए । बलिङमा इंग्ल्यान्डका मार्क उडले तीन तथा क्रिस जोर्डनले २ विकेट लिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार