काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । बिहान ११ बजे भेला सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिए ।
गत फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै माधव–झलनाथ समूह थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै उक्त समूहले आजदेखि दुईदिने राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
भेलामा देशभरबाट २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ । माधव–झलनाथ समूहले शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने स्पष्ट पारेको छ । उक्त समूहले समानान्तर कमिटी गठन प्रक्रिया अघि बढाएको छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमाले फेरि विभाजनको नजिक पुगेको छ ।
Leave a Reply