एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० गोलले पराजित गरेर म्यानचेस्टर सिटीले अन्तिम ८ मा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा जस्तै अवे मैदानमा भएको पहिलो लगेमा पनि म्यानचेस्टर सिटी २–०गोलले नै विजयी भएको थियो ।
मंगलबार रातिको खेलमा सिटीका लागि केविन डी ब्रूयना र इल्कायी गुण्डोगानले गोल गरेका हुन् । डी ब्रूयनाले खेलको १२औँ तथा गुण्डोगानले खेलको १८औँ मिनेटमा गोल गरेका हुन् ।
Leave a Reply