Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • माधव नेपाल पक्षको भेलामा सहभागी भए सांसदबाट हटाउँछौँ : ओली पक्ष

    माधव नेपाल पक्षको भेलामा सहभागी भए सांसदबाट हटाउँछौँ : ओली पक्ष

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।

    मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी महासचिव ईश्वर पोखरेलले भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका छन्।



    महासचिव पोखरेलले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै सो भेलालाई ‘गुटगत’ भेलाको संज्ञा दिएका छन्।



    विज्ञप्तिमा नेकपा (एमाले)को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला रहेको भन्ने सूचनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ।

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भोलि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ।

    महासचिव पोखरलेले सो भेलामा सहभागी नहुन निर्देशन दिएका छन्। अन्यथा मुलुकको संविधान, पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार