काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत पहिलो साताभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धनको सरकार बन्ने बताएका छन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकपछि कुरा गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरे ।
जसपाको बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिने उनको भनाइ थियो । एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कन समय दिइएको नेता पुनले बताए ।
Leave a Reply