Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आयो : रामचन्द्र पौडेल

    देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आयो : रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् ।

    मंगलबार नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद-माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले भने अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको छ ।



    ‘संसद्मा हाम्रो सङ्ख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ’, उनले भने । उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताए ।



    वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार