Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको लागि दुई थोपा आँशु झार्ने मान्छे पनि नहुने योगेश भट्टराईको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको लागि कुनैसमय दुई थोपा आशु चुहाउने मान्छे पनि नहुने दाबी गरेका छन् ।

आज एमाले कै नेपाल पक्षले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले भने प्रधानमन्त्री ओली ईतिहासको कठघराका उभिएको र जबाफ दिन नसक्दा कठोर कारबाही हुने भन्दै त्यसबेला दुई थोपा आशु चुहाउने पनि कोहि नहुने दाबी गरे ।

आफू पक्षीय भेलमा गएकाहरु लाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनीप्रति भट्टराईले भने 'आबेग र उत्तेजनाले दुर्घटना निम्त्याउछ, कारबाहीको धम्की काम छैन, एक पछि अर्को कारबाही भोग्न लामबद्ध छौ ।'

पूर्वमन्त्री भट्टराईले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्गको बहिनीको भनाई उद्दरण गदैं भने, 'उनले चार बर्ष ब्हाईट हाउसमा बस्ने हो भने बारुद्धको गन्ध नफैलाउन अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिएजस्तै प्रधानमन्त्री ओली पनि दुई बर्ष बालुवाटारमा चुप लागेर बसेर हुन्छ, बारुदको गन्ध फैलाउने कुरा स्वीकार्य हुदैन' ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले ओलीलाई भने 'तपाईको हातबाट यो पार्टी क्षत बिक्षत हुने छैन नयाँ पुस्तालाई सग्लो पार्टी हस्तान्तरण गर्छौं।'

नेपाल पक्षले भोलि र पर्सि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ।

यस्तै, भोलि बोलाएको भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने नेपाल पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077