Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीसँग मिलेर संयुक्त सरकार निर्माण गर्नुपर्ने बामदेव गौतमको प्रस्ताव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग मिलेर वामपन्थी सरकार-संयुक्त सरकार निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

मंगलबार बल्खुमा आफ्नो समूहको भेलामा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सम्झौता हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समुहले पनि छुट्टै भेला आयोजना गरेको थियो ।

यस्तै, माधव कुमार नेपाल समुहले पनि भोलिका लागि बोलाएको कार्यकर्ता भेलाको जानकारी दिन आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान बनाएका गौतमले त्यसयता गुटगत भेला गर्दै आएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल सहितको समूह सडक आन्दोलनमा उत्रिएको थियो । वामदेव गौतम भने त्यतिबेला पनि तथष्ट रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077