Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई उत्तर कोरियाका नेता किमकी बहिनीको चेतावनी

एजेन्सी। उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनीले अमेरिकालाई 'दुर्गन्ध ननिकाल्न' चेतावनी दिएकी छन् ।

किम यो-जङले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो बताएकी हुन् ।

सरकारी सञ्चारमाध्यमका अन्तर्वार्ता दिँदै उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरिन् ।

अमेरिकी सरकारले उत्तर कोरियासँग कूटनीतिक सम्पर्कका लागि हप्तौँदेखि प्रयास गरे पनि त्यो सफल नभएको बताएको छ ।

उत्तर कोरियाले अहिलेसम्म बाइडनको कार्यकाल सुरु भएको विषयमा बोलेको छैन ।

'समुद्र पारिबाट हाम्रो जमिनमा बारुदको गन्ध फैलाउन सङ्घर्ष गरिरहेको अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझाव: आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने पहिलो चरणमै दुर्गन्ध फैलाउने कामबाट परै रहनु ठिक,' उनलाई उद्धृत गर्दै रोडोङ सिन्मून पत्रिकाले लेखेको बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077