Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समूहै समूहको पार्टी एमाले, बल्खुमा गौतम समूहको पनि बैठक

काठमाडौँ। समूहै समूहको पार्टी बनेको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले ।

यतिबेला एमाले उपाध्यक्ष वामदेव गौतम समूहको पनि बैठक सुरु भएको छ ।

बल्खुस्थित एक पार्टी प्यालेसमा मध्यान्ह १२ बजेदेखि गौतम पक्षका नेता कार्यकर्ता सहभागी एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठक सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समुहले पनि छुट्टै भेला आयोजना गरेको हो ।

यस्तै, माधव कुमार नेपाल समुहले पनि भोलिका लागि बोलाएको कार्यकर्ता भेलाको जानकारी दिन आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान बनाएका गौतमले त्यसयता गुटगत भेला गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077