Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य संगठनको आह्वान

    एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य संगठनको आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ ।

    एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य संगठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको हो ।



    डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको तर त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ छ ।



    बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार