Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेमा चार समूह : गौतम समूहको पनि बैठक बस्दै

काठमाडौं । नेकपा एमालेमा नेताहरुको समूहै समूह भएको छ । अध्यक्ष केपी शर्मा ओली समूह, माधव नेपाल-झलनाथ खनाल समूह, उपाध्यक्ष वामदेव गौतम समूह र रामबहादुर थापाको बादल समूह।

यसैबीच, उपाध्यक्ष गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट एक नेताले बताए ।

नेकपा विभाजन हुँदा गौतम तटस्थ रहेका थिए, उनले पार्टी विभाजन हुन नदिने अडान राख्दै आएका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077