Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कार्यव्यवस्था समितिको बैठक २ बजे बस्दै

    कार्यव्यवस्था समितिको बैठक २ बजे बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो २ बजे बस्दै छ।

    सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकेका हुन्।



    सचिवालयका अनुसार सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो।



    यस्घी बसेका पहिलो र दोस्रो बैठक सत्तारूढ दलभित्रको विवादका कारण स्थगित भएको थियो ।

    आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार