Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा छलफल

    राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा छलफल

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार साँझ डेढ घण्टा छलफल भएको छ।

    प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। उनी करिब साढे ८ बजे त्यहाँबाट निस्किएका थिए। दुवै जनाबीच पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको हो ।



    ओली सरकार अल्पमतमा पर्न सक्ने खतरा एकतर्फ छ भने अर्कोतर्फ नयाँ सरकार गठनका लागि विभिन्न दलहरुबीच छलफल जारी छ । यि सबै गतिविधिबारे छलफल गर्न ओली राष्ट्रपतिलाई भेट्न उनको निवास पुगेका हुन्।



    माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन एमाले र माओवादी ब्युँतिएपछि नयाँ सरकार गठनको प्रयासहरु भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार