Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भारतद्वारा इंग्ल्यान्ड पराजित

    भारतद्वारा इंग्ल्यान्ड पराजित

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 2.4K
    SHARES

    Washington Sundar of India celebrates the wicket of Jason Roy of England during the 2nd T20 International between India and England held at the Narendra Modi Stadium, Ahmedabad, Gujarat, India on the 14th March 2021 Photo by Saikat Das / Sportzpics for BCCI

    एजेन्सी । घरेलु टिम भारतले दोस्रो टी ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।

    अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।



    भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए ।



    कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै ऋषव पन्तले २६ रन जोड्दा केएल राहुल सुन्य रनमा आउट भए ।

    श्रेयस एयरले अविजित ८ रन बनाए । इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले एक एक विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए । कप्तान इयान मोर्गन २८ रनमा आउट भए ।

    बेन स्टोक्स र डाविड मालनले समान २४र२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए । भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले दुई दुई विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले एक एक विकेट लिए ।

    जितसँगै भारतले ५ खेलको सिरिजमा एक एक खेलको बराराबरी गरेको छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार