Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयोगलाई नेपाल-खनाल समूहको पत्र : ओलीको निर्णयलाई रोकियोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  एमाले भित्रको विवाद निर्वाचन अयोगसम्म पुगेको छ।

आइतबार निर्वाचन आयोगमा पुगेर एमालेको नेपाल–खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एक्लौटी निर्णयलाई वैधता नदिन माग गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, भीमप्रसाद आचार्य उपमहासचिव घनश्याम भूसाललगायतका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोगमा पुगेर ओलीको निर्णयलाई बैधता नदिन माग गरेका हुन् ।

शुक्रबार एमालेको केपी शर्मा ओली पक्षले आफू पक्षीय सांसदहरुको विशेष बैठक राखेर माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने र पूर्व माओवादीका तर्फबाट २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।

ओली पक्षले गरेका ती निर्णयहरुको कार्यान्वयन रोक्न माग गर्दै नेपाल पक्षले आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077