काठमाडौँ। सिराहाको मालपोत कार्यालयमा बम विष्फोट हुँदा गम्भीर घाइते भएका धनगढीमाई नगरपालिका–४ का ३८ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
विस्फोटमा परी गम्भीर घाइते ८ जनामध्ये भण्डारीलाई सैनिकको हेलिकप्टरमार्फत काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा ल्यान्ड गराएर उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा लगिएको छ।
आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको हो।
यसैबीच, बम विष्फोटको जिम्मा गोइत समूहले लिएको छ ।
यसअघि पनि चन्दा नदिएको भन्दै उक्त समूहले लाहान नगरपालिकामा बिस्पोट गराएको थियो ।
Leave a Reply