सिराहा । सिराहाको मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको हो । बम विष्फोटमा परी घाइते भएका धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
यसैबीच, बम विष्फोटको जिम्मा गोइत समूहले लिएको छ ।
यसअघि पनि चन्दा नदिएको भन्दै उक्त समूहले लाहान नगरपालिकामा बिस्पोट गराएको थियो ।
२०७४ सालमा सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी भएको बम विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको थियो ।
त्यतिखेर आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षडयन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको थियो ।
Leave a Reply