Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेफ्टा अवार्डमा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’को वर्चस्व

    नेफ्टा अवार्डमा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’को वर्चस्व

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। नेपाली फिल्म ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ले दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व जमाएका छन् ।

    अवार्डमा छक्का पञ्जा-३ ले फिल्म, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै उक्त फिल्मले वर्चस्व जमाएको हो। यता फिल्म प्रसादले पनि संगीतका चारै विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेतामा बाजी मार्दै बराबरी गरेको हो ।



    शनिबार साँझ सम्पन्न भएको अवार्ड समारोहमा कमेडी र सोसल ड्रामाबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारिन् । यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा बाजी मारे ।



    चर्चित केदारप्रसाद घिमिरे माग्ने बुढाले पनि यही फिल्मबाट हाँस्यकलाकारको अवार्ड जिते । यहि फिल्मको तेस्रो सिरिजलाई पपुलर फिल्मको अवार्ड पनि दिइयो ।

    यस्तै, सर्वोत्कृष्ट अभिनेता बिपिन कार्की ‘फिल्म प्रसाद’ घोषित भए । मेनुका प्रधानले साइँलीबाट अभिनेत्री विधामा बाजी मारिन् । साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार