काठमाडौँ । शनिबारदेखि नेपाल टेलिभिजनले नेपाली लोक संस्कृतिसम्बन्धी दोहोरी च्याम्पियन रियालिटी मेगा–सो प्रसारण गर्ने भएको छ ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियलिटी मेगा–सो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले जनाएको छ ।
सो मेगा–सो शनिबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।
दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकहरूमा प्रजापति पराजुली, रमेश बीजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।
कुल ३५ लाख रुपियाँ राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने गायक समूहले क्रमशः २० लाख, १० लाख, तीन लाख र दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
Leave a Reply