Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • वामदेवले उपाध्यक्ष पद गुमाएपछि ओलीसँग आक्रोशित

    वामदेवले उपाध्यक्ष पद गुमाएपछि ओलीसँग आक्रोशित

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष गुमाएपछि वामदेव गौतमले अब एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्।

    ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेर एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका थिए । अरु नेताहरुको जस्तै गौतमको उपाध्यक्ष पद पनि खारेजीमा परेपछि उनी ओलीसँग रुष्ट भएका हुन् ।



    बेला बेलामा पार्टी एकिकरण गर्छु भन्दै आएका गौतमको आफ्नै पद गएपछि अहिले मौन बसेका छन् । बेला बेलामा ओली सहयोग माग्न गौतमको घर धाउँदै आएका थिए ।



    यसरी सहयोगका लागि बारम्बार धाउने ओलीले आफ्नै पद खारेज गर्लान भनेर गौतमले कल्पना नै गरेका थिएनन् । तर शुक्रबार गौतमले एमालेको उपाध्यक्ष पद गुमाए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार