Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मकवानपुर र बाँकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४७ जना घाइते

    मकवानपुर र बाँकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४७ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    हेटौंडा । मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    आज बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।



    दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



    बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना ३७ जना घाइते भएका छन् । उक्त राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो ।

    ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

    दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार