एजेन्सी। बिहीबार म्यान्मारको सैनिक सरकारले नेत्री आङ सान सुचीविरुद्ध अर्को मुद्दा लगाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो ।
सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता सुचीविरुद्ध लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । यद्यपि, उनीविरुद्धको आरोपसम्बन्धी कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन ।
यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् ।
सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ७०जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् ।
म्यानमारमा हरेक दिन हिंसात्मक प्रदर्शन भइरहेको छ ।
Leave a Reply