Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई साथ दिन विवादकाबीच संसदीय दलको नेता छान्दै जसपा

काठमाडौं । भित्र भित्रै सरकारमा जाने तयारी गरेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ।

सरकारसँग निरन्तर छलफल गरिरहेको जसपाले संसदीय दलको विधान पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने एजेन्डा तोकेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको छैन ।

गत वैशाख १० गते राजपा र समाजवादी पार्टीको एकतापछि नाम जसपा राखिएको थियो।

त्यसबेला उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग एकीकरण गरेको थियो।

संसदमा चौथो ठूलो दल रहेको जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्।

एकता हुनुअघि राजपामा महन्थ ठाकुर र संघीय समाजवादी फोरममा उपेन्द्र यादव संसदीय दलका नेता थिए। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले फोरमसँग एकता गरेपछि समाजवादी पार्टी बनेको थियो।

यद्यपी ओली सरकारमा जाने कि नजाने भन्नेमा पनि जसपाभित्र मतभेद छ।

पूर्व समाजवादी पार्टीका नेताद्धय एवम् जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ओली सरकारमा जान नहुने पक्षमा छन् भने अन्य नेताहरु जाने पक्षमा छन् ।

संसदमा नेकपा (एमाले) को १२१ सिट छ। बहुमत १३८ पुर्‍याउन जसपा सहयोगी बन्न सक्छ।

त्यसो त जसपा सरकारमा नगए पार्टी फुटाएर भए पनि आफूतिर तान्ने रणनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077