Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाभित्र भाँडभैलो, चार बजे सरकारसँग निर्णायक वार्ता

काठमाडौं । आज पनि सरकारमा जनता समाजवादी पार्टी (जसपा) बीच वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुने वार्तामा जसपा सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल हुनेछ ।

आजको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो ।

हिजोको बैठकमा जसपाको मागप्रति प्रधानमन्त्री ओलीले सकारात्मक भएको बताएको थियो । त्यसैले आजको वार्ता निर्णायक हुने आँकलन गरिएको छ ।

सरकारमा सहभागी हुनका लागि जसपाले प्रधानमन्त्री ओली समक्ष तीन वटा शर्त राखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई निलम्बनमा परेका सांसद रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संसोधनलाई शर्त बनाइएको छ ।

जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ भने सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

कार्यदल गठनसँगै जसपाभित्र भने भाँडभैलो मच्चिएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा छलफल नै नगरी सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेको भन्दै कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई असन्तुष्ट व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077