बागलुङ । दक्षिण कोरियामा एक नेपालीको बेहोस भएर मृत्यु भएको छ ।
बागलुङको गलकोट नगरपालिका–११ घर भइ हाल कोरियाको थेगु शहरस्थित एक राइसमिलमा काम गर्दै आएका ४५ वर्षीय अशोक श्रीषमगरको मृत्यु भएको हो ।
दुई वर्षअघि कोरिया गएका उनी बेहोस भइ लडेका थिए । उनलाई अस्पताल पुर्याउना साथ मृत्यु भएको हो । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।
मगरको शल नेपाल ल्याउन पहल भइरकेको दूतावासले जनाएको छ ।
Leave a Reply