काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक जनयुद्ध लड्ने इच्छा व्यक्त गरेका छन् ।
उमेर ढल्किदै गए पनि एक पटक जनयुद्ध लड्ने आफ्नो चाहना भएको उनको भनाइ छ । माओवादी सशस्त्र द्वन्द्वका बेला स्वास्थ्यकर्मीको रुपमा काम गरेका कार्यकर्ताको भेलालाई राजधानीमा सम्बोधन गर्दै दाहालले ६७ वर्षको उमेर भए पनि एक पटक फेरि क्रान्ति गर्ने इच्छा व्यक्त गरे ।
क्रान्ति गर्ने उमेर बाँकी नै रहेको प्रचण्डले बताए । लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको आफ्नो लडाई जारी रहेको उनले बताए ।
केपी शर्मा ओली विरुद्ध जानेर बुझेर नै जेल जान र मर्न तयार भइ १९ पृष्ठ लामो आरोपपत्र तयार पारेको प्रचण्डले बताए ।
Leave a Reply