Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मनीषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक

    मनीषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ । अभिनेत्री तथा लेखक मनिषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन्।

    पाटन दरबार क्षेत्रमा महाशिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा कोइरालाको स्वर रहेको उक्त गीत सार्वजनिक गरिएको हो।



    महामृत्युञ्जयमा मनीषासँगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । महामृत्युञ्जयमा संस्कृत शब्द छन् ।



    मन्त्रलाई सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितारले महामृत्युञ्जय मन्त्रमा संगीत भरिएको छ।

    मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् भने उज्ज्वल जोशी र जावेद खानले छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको मन्त्रको भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार