Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • चट्टयाङ्सहित वर्षाको सम्भावना

    चट्टयाङ्सहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभरी आंशिकदेखि सामान्य बदली रहने छ।



    पहाडी भूभागका केही स्थानहरुमा राति मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।



    देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार