Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका शर्तप्रति प्रधानमन्त्री ओली सकारात्मक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को शर्तप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

ओलीसँग बालुवाटारमा भेट गरी जसपाका नेताहरुले तीन वटा शर्त राखेका छन् । सरकारमा सहभागी हुनका लागि जसपाले ओली समक्ष तीन शर्त राखेको हो ।

ओलीलाई भेटेका जसपा नेतामध्येकका एक लक्ष्मणलाल कर्णले रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संसोधनलाई शर्त बनाइएको छ । दुवै पक्षबीच शुक्रबारदेखि कार्यदल स्तरमा वार्ता हुने भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि बालुवाटार पुगेका थिए ।

एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपाले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077