Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे जसपाका चार शिर्ष नेता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का चार शिर्ष नेता बालुवाटार पुगेका छन् ।

जसपा र प्रधानमन्त्री ओलीबीच सरकारमा साझेदारीबारे छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलका लागि जसपाका प्रमुख पाँच नेताहरुलाई बालुवाटार बोलाइएको हो।

थापाका अनुसार छलफलमा  उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका हुन् ।

तर, डा. बाबुराम भट्टराई भने बालुवाटार गएनन् ।

राजपाका दुवै पक्षसँगको सामूहिक छलफल भएकोले यसलाई अर्थपूर्ण रुपमा लिइएको छ।

ओली नेतृत्वसँगै सत्ता साझेदारी हुने संभावना बढेको देखिन्छ। यसबारेमा निर्णय लिन राजपाले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।

संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले सरकार सञ्चालनका लागि एमालेलाई १८ सांसदको खाँचो पर्छ ।

त्यसैले पनि प्रधानमन्त्री ओली जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा छन् । संसदमा जसपाको ३४ सिट छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077