Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रावलले भने - ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजेका छैनौं

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्रीको खोजी नगरेको प्रतिक्रिया दिएका छन् ।

बिहीवार एमालेको माधव नेपाल पक्षको छलफलपछि पत्रकारहरूसँग बोल्दै रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नभएको बताएका हुन् ।

'नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं,' उनले भने, 'नेकपा माओवादी केन्द्रलाई पनि विभाजन गरिदिने, एमाले पनि विभाजन गरिदिने र नेपाललाई बाह्य शक्तिको खेलमैदान बनाउने, संविधानलाई पनि समाप्त गर्ने खेलको विरुद्धमा हामी छौं ।'

आजको छलफलले ओली पक्षबाट भइरहेको ओली प्रवृतिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय समेत गरेको रावलले बताए ।

यस्तै, रावलले एमाले विभाजन हुने कल्पना पनि नगरेको बताएका छन् ।

हिजोपनि नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षका करीब एक दर्जनजति स्थायी कमिटी सदस्यहरू सहभागिता रहेको थियो।

नेकपामा हुँदा प्रचण्डसँग मिलेर नयाँ समूह गठन गरेका नेपाल एमालेमा फ़र्किएपछि पार्टीभित्र कसरी प्रस्तुत हुने भन्ने बिषयको छलफलमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077