Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • म्यानमारमा सेनाको गोलीबाट ७ प्रदर्शनकारीको मृत्यु

    म्यानमारमा सेनाको गोलीबाट ७ प्रदर्शनकारीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    एजेन्सी । म्यानमारमा बिहीबार सेनाले चलाएको गोलीबाट ७ प्रदर्शनकारीको ज्यान गएको छ ।

    नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी माथि सेनाले अन्धाधुन्ध गोली चलाएको हो । म्यानमारमा एक/डेढ महिनादेखि प्रदर्शन हुँदै आएको छ ।



    प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।



    सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ ।

    यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् ।

    सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् । म्यानमारमा हरेक दिन हिंसात्मक प्रदर्शन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार