Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजनमा घटुवा

    पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजनमा घटुवा

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 1.4K
    SHARES

     

    काठमाडौं । पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भएको छ ।
    शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ गोलले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।



    रेलिगेसन टार्न पुल्चोकले कम्तीमा अन्तिम खेलमा नयाँबस्तीलाई हराउनु पर्ने थियो र झम्सीखेल अर्को खेलमा हार्नु पर्ने थियो । तर पुल्चोक नयाँबस्तीसँग पराजित भएपछि झम्सीखेल बी डिभिजनमै रहने पक्का भएको छ ।



    पुल्चोकले ११ खेलबाट एक जितसहित जम्मा ५ अंक मात्र जोड्न सक्यो । झम्सीखेल एक खेल खेल्न बाँकी छँदा ६ अंकसहित ११औं स्थानमा छ ।

    नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए ।

    खेलको १९ औं मिनेटमा अशोकले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा शिरबले पुल्चोकका लागि बराबरी गोल फर्काए ।

    तर ६३ औं मिनेटमा विवेकले गोल गर्दै नयाँबस्तीलाई २–१ गोलको जित दिलाए ।

    जितपछि ११ खेलबाट १५ अंक जोड्दै नयाँबस्ती नवौं स्थानमा रहेको छ । आज सातदोबाटोले आरसीटी तथा मध्युपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबसित खेल्नेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार