Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ब्राजिलमा कोरोनाबाट एकैदिन दुई हजारभन्दा बढीको ज्यान गयो

    ब्राजिलमा कोरोनाबाट एकैदिन दुई हजारभन्दा बढीको ज्यान गयो

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिन दुई हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गएको छ ।

    बुधवार ब्राजिलमा सङ्क्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ ।



    विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो ।



    बुधवार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बोलसेनारोमाथि कोरोना भाइरसलाई लिएर गरेको निर्णयलाई ुबेबकुफीु को संज्ञा दिनुभएको छ ।

    बुधवार राष्ट्रपति बोलसेनारो यस महिनामा पहिलो पटक मास्क लगाएको देखिएको छ । बोलसेनारोले कोरोना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आउनुभएको छ । भर्खरै मात्र उहाँले कोरोनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

    ब्राजिलको प्रमुख सार्वजनिक स्वास्थ्य केन्द्र फियोक्रुजले कोरोना सङ्क्रमण दर बढेका कारण देशका ठूला सहरमा स्वास्थ्य प्रणालीमा निकै दबाब परिरहेको बताएको छ । केही सहरको अवस्था कठिन अवस्थामा पुगेको बताइएको छ ।

    ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिन दुई हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार