Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काँकडभित्ता नाकाबाट लागूऔषधसहित २ भारतीय महिला पक्राउ

    काँकडभित्ता नाकाबाट लागूऔषधसहित २ भारतीय महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    झापा । नेपालको पूर्वी नाका काँकडभित्ताबाट २ किलो लागुऔषध (अफिम)सहित २ जना भारतीय महिला पक्राउ परेका छन् ।

    बुधबार बिहान विशेष सुराकीका आधारमा नेपाल प्रहरी लागूऔषध ब्युरोका एसपी ऋषिराम कँडेलको नेतृतवमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा भारत पश्चिम मनिपुर स्थायी ठेगाना भएकी ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत पश्चिम वंगाल ठेगाना भएकी ३८ वर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।



    उनीहरुलाई भारतबाट २ किलो अफिमसहित नेपाल भित्रन लागेको सुराकीमार्फत थाहा पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।

    सोही अनुुरुप आज बिहान साढे १० बजे उनीहरुलाई काँकडभित्ता नाकाबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सो नाका हुँदै पछिल्लो समय भारतबाट लागूऔषध ओसारपसार भइरहेको छ ।

    पक्राउ परेका उनीहरुमाथि लागूऔषध ओसारपसार सम्बन्धी ऐनमा रहेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार