Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका दुई समूहबीच कुटाकुट : इन्चार्ज रावल कि भट्ट ?

धनगढी। नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा नेम प्लेट हटाउने विषयमा दुई पक्षबीच कुटाकुट भएको छ ।

बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच नेम प्लेट हटाउने विषयमा कुटाकुट भएको हो ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले एमाले सुदुरपश्चिम ईन्चार्ज भीम रावलको नाम हटाएर लेखराज भट्टको नेमप्लेट राखेसँगै कुटाकुट भएको थियो ।
बुधबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा ओली पक्षले लेखराज भट्टको नेमप्लेट राखेको छ ।

प्रदेश इन्चार्जको कार्यकक्षको ढोकामा राखेको नेमप्लेटमा यसअघि भीम रावलको नाम थियो ।

यसअघि तत्कालीन नेकपा विभाजित भएको बेला ओली समूहले रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई उक्त जिम्मेवारी दिएको थियो ।

सर्वोच्चको फैसलासँगै ब्युतिएँको एमालेको सुदुरपश्चिम कार्यालयमा प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने बिषयमा कार्यकर्ताहरुबीच नै विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077