Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगातार दोस्रो पटक प्रधानमन्त्री ओली किन बाहिरिए संसदबाट ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै बुधबार बस्न लागेको दोस्रो बैठकमा पनि प्रधानमन्त्री केपी ओली बैठकमा भाग नलिई बाहिरिए ।

बैठकमा भाग लिन संसद भवन बानेश्वर पुगेका प्रधानमन्त्री ओली सहभागी नभई बाहिरिएका हुन् ।

गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकको दिन पनि उनी बैठकमा भाग नलिई बहिरिएका थिए ।

एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भने, 'प्रधानमन्त्री कुनै काम परेर बैठकमा भाग लिन आएर पनि फर्किनु परेको हो ।'

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए भने गत फागुन ११ गते सर्वोच्चले पुनःस्थापना गरेको थियो ।

बैठकमा भाग नलिई प्रधानमन्त्री बाहिरिएपछि अर्को बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित भएको छ। आगामी बैठकमा ओलीले भाग लिने नलिने चासोको बिषय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077