Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : आगामी चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको बैठक शुरु हुन नपाई स्थगित भएको छ।

बैठकमा सहभागी हुन संसद भवन पुगेका प्रधामन्त्री केपी शर्मा ओली  बाहिरिएपछि बुधबारको बैठकमा  शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

बैठक शुरु हुन साथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन भएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्।

बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम छ ।

यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि स्थगित भएको हो ।

यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

यसअघि आइतबारको संसद् बैठक पनि ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077