Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : शुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक शुरु नहुँदै बाहिरिएका छन् ।

बुधबार १ बजे बाट शुरु हुन लागेको बैठकमा भाग लिन पुगेका प्रधानमन्त्री ओली बैठक शुरु नहुँदै बहिरिएका छन् ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले हात मात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

गत आइतबारको बैठकमा पनि प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

बुधबार संसद पुनर्स्थापनापछि दोस्रो पटक बैठक बस्न लागेको हो। आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077