Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई सई, विप्लवलाई इन्स्पेक्टरसहित १० प्रहरीको कमाण्डमा सुरक्षा !

काठमाडौँ। गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर) को कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ।

सरकारसँगको तीनबुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षाका निम्ति भन्दै प्रहरी टोली परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिएका छन् ।

विप्लवको सुरक्षा चुनौती मध्यनजर गर्दै उनलाई नजिकैबाट सुरक्षा दिन थालिएको सिंहले बताए । 'उनी हिँड्दा अगुवा गाडीमा पाँच जनाको प्रहरी टोली सँगैसँगै हिँड्छ। उनी बस्ने निवासमा थप पाँच जना प्रहरीको टोली खटाइएको छ', सिंहले भने।

तर, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षा कमाण्डमा भने मन्त्रालयले सईलाई खटाइएको छ । अध्यक्ष प्रचण्डको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सईको कमाण्डमा सुरक्षाकर्मी खटाइएको छ ।

यसअघि अध्यक्ष प्रचण्डलाई डीएसपीको कमाण्डमा सुरक्षा दिँदै आएको थियो। सरकारले सुरक्षाकर्मीमा कटौती गरेपछि दाहालले पूर्वजनमुक्ति सेनाबाट सुरक्षा लिइरहेका छन्।

गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७७ अनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ। विप्लव राज्यको विशिष्ट व्यक्तिमा पर्दैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077